प्रस्तावना 0
प्रस्तावना
ः सपुर्दगी गर्न सकिने कसूरको फरार अभियुक्त वा कसूरदारलाई कानून बमोजिम सपुर्दगी सम्बन्धी कारबाही गर्ने सम्बन्धमा प्रचलित सपुर्दगी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकाले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका–संसदको हैसियतमा संविधान सभाले यो ऐन बनाएको छ ।