Rule 39B
बर–बुझारथ
(१) समितिको अध्यक्ष वा सदस्य हेरफेर भएमा आफू जिम्माको नगदी जिन्सी हिसाब किताब र सो सम्बन्धी कागजात तुरून्त हालवालालाई वा सो नभए समितिको सचिवलाई वर बुझारथ गर्नु पर्छ । (२) उपनियम (१) बमोजिम बर–बुझारथ गरी दिएको एक प्रतिलिपि जानकारीको लागि जिल्ला भूमिसुधार कार्यालयमा पठाउनु पर्छ ।