Section 23
रजिष्ट्रार
(१) रजिष्ट्रार विश्वविद्यालयमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(२) रजिष्ट्रारको नियुक्ति उप–कुलपतिको सिफारिसमा कुलपतिबाट हुनेछ ।
(३) विश्वविद्यालयको शैक्षिक, आर्थिक र कर्मचारी प्रशासन रजिष्ट्रारको सामान्य रेखदेखमा रहनेछ ।
(४) रजिष्ट्रारको पदावधि चार वर्षको हुनेछ ।
(५) रजिष्ट्रारको अन्य काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा र सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछन् ।
(६) रजिष्टारले सभाको निर्णय वा आदेशको अभिलेख गरी राख्नुपर्नेछ । सो निर्णय वा आदेशको एक प्रति कुलपति समक्ष पठाउनु पर्नेछ ।