Section 62
लेखापरीक्षण
(१) बैंक वा वित्तीय संस्थाले आफ्नो वासलात, नाफा–नोक्सान हिसाब लगायतका वार्षिक वित्तीय विवरण राष्ट्र बैंकले तोकेको ढाँचा र तरिका अनुसार तयार गरी आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र बाह्य लेखापरीक्षण गराउनु पर्नेछ । त्यस्तो वित्तीय विवरणमा कम्तीमा दुईजना सञ्चालक, कार्यकारी प्रमुख र लेखापरीक्षकको सही भएको हुनु पर्नेछ । तर राष्ट्र बैंकको स्वीकृति लिई बैंकिङ्ग तथा वित्तीय कारोबार गर्ने विदेशी बैंक वा वित्तीय संस्थाको शाखा कार्यालयको लेखापरीक्षण सम्बन्धमा राष्ट्र बैंकले तोके बमोजिम हुनेछ । (२) उपदफा (१) बमोजिमको अवधिभित्र लेखापरीक्षण गराउन नसक्ने बैंक वा वित्तीय संस्थाले मनासिब कारण खोली लेखापरीक्षण गराउने म्याद थपको लागि अनुरोध गरेमा राष्ट्र बैंकले बढीमा दुई महिनाको अवधि थप गर्न सक्नेछ । (३) बाह्य लेखापरीक्षकले आपूmले गरेको लेखापरीक्षणको प्रतिवेदन सम्बन्धित बैंक वा वित्तीय संस्था र राष्ट्र बैंकमा दिनु पर्नेछ ।