Rule 2
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ सम्झनु पर्छ ।
(ख) “परीक्षक” भन्नाले प्रमाणीकरण गर्ने निकायको वार्षिक कार्य सम्पादन परीक्षण
गर्न नियम २६ बमोजिम नियुक्त भएको व्यक्ति सम्झनु पर्छ ।