नियम २६
;मतपत्र
(१) निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावलीमा नाम समावेश भएका उम्मेदवारको नाम रहेको आयोगले निर्धारण गरे बमोजिमको मतपत्र रहनेछ । (२) मतपत्रमा नेपाली वर्णानुक्रम अनुसार उम्मेदवारको नाम उल्लेख गरिनेछ । (३) यस नियम बमोजिम मतपत्र तयार गर्दा सङ्घीय संसदका सदस्यले मतदान गर्ने मतपत्रमा रहने विवरण र प्रदेश सभाका सदस्यले मतदान गर्ने मतपत्रमा रहने विवरण अलग–अलग रङ्गको मसीले छापिनेछ । (४) प्रत्येक मतपत्रको अधकट्टीमा आयोगले निर्धारण गरे बमोजिमको सिलसिलेवार रुपमा क्रमसङ्ख्या छापिनेछ । (५) मतपत्रको ढाँचा, प्रकार, रङ र किसिम आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।