नियम ९२
अख्तियारवाला समक्ष फैसला पठाउने
इजलास समक्ष पेस भएको मुद्दाको मिसिलबाट कुनै राष्ट्रसेवकले प्रत्यक्षतः कुनै गैर कानूनी काम गरेको, कानून बमोजिम पालना गर्नु पर्ने कर्तव्य जानीजानी वा वदनियतसाथ पालना नगरेको वा कर्तव्य पालनामा गम्भीर लापरबाही गरेको वा आफ्नो पद अनुरुपको आचरण नगरेको देखिएमा इजलासले आवश्यक सम्झेमा सो कुरा फैसलामा उल्लेख गरी सो फैसलाको प्रतिलिपि सम्बन्धित अख्तियारवाला समक्ष पठाउन आदेश दिन सक्नेछ ।