नियम
अदालतको कार्य समय
(१) अदालतको कार्य समय आइतबारदेखि बिहीबारसम्म विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म अदालतको कार्य समय हुनेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले सार्वजनिक बिदा हुने भनी तोकेको दिन र पूर्ण बैठकले अदालत बन्द रहने भनी तोकेको दिन अदालत बन्द रहनेछ ।
(४) प्रधान न्यायाधीशले उपनियम (१) र (२) बमोजिमको अदालतको कार्य समयका अतिरिक्त अन्य समयमा र अदालत बन्द रहने दिनमा समेत अदालतबाट सम्पादन हुने कुनै कार्य गर्ने गरी तोक्न सक्नेछ ।