दफा १८२
अदालतमा दर्ता गराउन ल्याएको लिखत दर्ता गर्नु पर्ने
(१) अदालतमा दर्ता गराउन ल्याएको लिखत कानून बमोजिम रीत पुगेको रहेछ भने तुरुन्त दर्ता गरी भरपाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दर्ता गराउन ल्याएको लिखत कानून बमोजिम रीत नपुगेको भए रीत नपुगेको कुरा खोली दरपीठ गरी फिर्ता गरी दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम लिखत दरपीठ भएकोमा तीन दिनभन्दा बढी हदम्याद वा म्याद बाँकी रहेछ भने बाँकी रहेको हदम्याद वा म्यादभित्र र तीन दिनभन्दा कम हदम्याद वा म्याद बाँकी रहेछ भने दरपीठ भएको मितिले सात दिनभित्र रीत पुर्‍याई वा सच्याई दर्ता गर्न ल्याएमा सम्बन्धित अधिकृतले त्यस्तो लिखत दर्ता गर्ने आदेश दिनु पर्नेछ ।