नियम २१
अदालतमा रहने इजलास
(१) अदालतमा देहाय बमोजिमका इजलासहरू रहने छन्ः–
(क) संवैधानिक इजलास,
(ख) बृहत् पूर्ण इजलास,
(ग) पूर्ण इजलास,
(घ) संयुक्त इजलास,
(ङ) एक न्यायाधीशको इजलास ।
(२) उपनियम (१) को खण्ड (क) बमोजिमको संवैधानिक इजलासबाट हेरिने मुद्दा र तत्सम्बन्धी अन्य ब्यवस्था सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ मा उल्लेख भए बमोजिम हुनेछ ।