नियम ७१
अधिकारपत्र दिने
: सशस्त्र प्रहरी कर्मचारी वा निजको हकवालाले पाउने उपदान, निवृत्तिभरण, पारिवारिक निवृत्तिभरण, अन्य सुबिधा र वृत्तिको रकम प्राप्त गर्ने अधिकारपत्र सम्बन्धित सशस्त्र प्रहरी कार्यालयको सिफारिसमा सशस्त्र प्रहरी किताबखानाले दिनेछ ।