नियम ३८
बढुवा
: (१) नियम ९ बमोजिम बढुवाद्वारा पूर्ति हुने पदमा सम्बन्धित समूह वा उपसमूहका सशस्त्र प्रहरी कर्मचारीहरुबाट बढुवा समितिको सिफारिसमा बढुवा गरिनेछ ।
(२) बढुवा समितिले यस नियम बमोजिम हुने बढुवाको सूचना प्रकाशन गर्नु पर्नेछ ।
(३) बढुवा समितिले यस नियम बमोजिम बढुवा सिफारिस भएका सशस्त्र प्रहरी कर्मचारीको नामावली सम्बन्धी सूचना प्रकाशन गर्नु पर्नेछ ।
स्पष्टीकरण : यस नियमको प्रयोजनका लागी “सूचना” भन्नाले सशस्त्र प्रहरी बलको वेभ साइट र प्रधान कार्यालयको सूचना पाटीमा प्रकाशित सूचनालाई समेत जनाउँछ ।