दफा २५
अध्यक्षको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारकोअतिरिक्त अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) परिषद्को बैठकमा छलफल गरिने विषयहरुको प्राथमिकता निर्धारण गर्ने,
(ख) परिषद्द्वारा सञ्चालित योजना तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने गराउने र तत्सम्बन्धमा आवश्यक निर्देशन दिने,
(ग) परिषद्को काम कारबाही व्यवस्थित, प्रभावकारी र सुचारु रुपबाट सञ्चालन गर्ने,
(घ) तोकिए बमोजिमको अन्य काम गर्ने ।