नियम ३२
अनिवार्य अवकाश<br>
(१) कुनै कर्मचारीको उमेर ५८ वर्ष पूरा भएपछि ………………. निजलाई समितिको नोकरीबाट अवकाश दिइनेछ । स्पष्टीकरण ः यस नियमको प्रयोजनको निमित्त कर्मचारीको उमेर देहाय बमोजिम हिसाब गरिनेछः–
(क) नोकरीमा प्रवेश गरेको बेलामा निजले पेश गरेको शैक्षिक संस्थाको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर,
(ख) त्यस्तो रेकर्ड नभएमा निजले नोकरीमा प्रवेश गरेको बेलामा व्यक्तिगत विवरणमा लेखिएको जन्म दिन वा वर्षबाट हुन आएको
उमेर ।
(२) बीस वर्ष वा सो भन्दा बढी सेवा अवधि पुगेका कुनै कर्मचारीलाई समितिले चाहेमा नोकरीबाट अवकाश दिन सक्नेछ ।