नियम २६क
अनिवार्य बचत तथा कृषि ऋणलाई नगदीमा परिणत गर्ने
ः (१) ऐनको दफा ४१, को उपदफा (२) र दफा ४६ (क) को प्रयोजनको लागि समितिमा नेपाल सरकारबाट गठित जिल्ला मोल निर्धारण समिति तोकिएको छ । (२) उपनियम (१) बमोजिम जिल्ला मोल निर्धारण समितिले जिन्सी बचतला नेपाल सरकारबाट स्वीकृत गरिएको भाउमा मोल निर्धारण गर्नेछ । मोल निर्धारण गर्दा सो सालको बाली कटानी फंडानी हुंदाको स्थानीय प्रचलन दरलाई आधार मानी निर्धारण गर्नेछ र यसरी मोल निर्धारण गर्दा सम्बन्धित जिल्लाको क्षेत्र वा गाउ“ विकास समिति वा नगरपालिका छुट्याई मोल निर्धारण गर्न पनि सकिनेछ ।