नियम १५
क्षतिपूर्ति
ः
(१) नियम १४ बमोजिम प्राप्त गरिएको कुनै क्षेत्रको जग्गाको मोहीयानी हकको सम्बन्धमा क्षतिपूर्ति दिने भन्ने नेपाल सरकारले निर्णय गरेमा नियम २१ अनुसार तोकिएको दरले हुने जग्गाको मोलको सयकडा २५ का दरले सम्बन्धित प्रत्येक व्यक्ति वा निजको परिवारलाई दिनु पर्ने क्षतिपूर्तिको रकम जिल्ला भूमिसुधार अधिकारीले निर्धारित गरी त्यसको सूचना स्थानीय गाउ“ विकास समिति वा नगरपालिका तथा आफ्नो कार्यालयको सूचना वोर्डमा टा“सी प्रकाशित गर्नु पर्छ ।
(२) उपनियम (१) बमोजिम क्षतिपूर्ति निर्धारणको सूचना प्रकाशित भएको १५ दिनभित्र क्षतिपूर्तिको रकममा दावी गर्ने वा क्षतिपूर्ति निर्धारणमा चित्त नबुझ्नेको उजुरीबाट वा अरू कुनै सुत्रबाट क्षतिपूर्तिको निर्धारण दोहो¥याउनु पर्ने देखिन आएमा जिल्ला भूमिसुधार अधिकारीले दोह¥याई पुन माथि लेखिए बमोजिम प्रकाशित गर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्रकाशित भएको क्षतिपूर्ति निर्धारणको सूचनामा वा उपनियम (२) बमोजिम दोह¥याई प्रकाशित गरिएको सूचनामा चित्त नबुझ्ने व्यक्तिले अवस्थानुसार सो सूचना प्रथम पटक प्रकाशित भएको वा दोहो¥याई प्रकाशित भएको मितिले १० दिनभित्र सूचित आदेशमा तोकिएको अदालतमा उजुर गर्न सक्नेछ ।
(४) माथि लेखिए बमोजिम प्रकाशित भएको क्षतिपूर्ति निर्धारणको सूचनामा उजुर गर्ने म्याद गुज्री उजुर नलाग्ने भई सकेकोमा सो प्रकाशित फाँटवारी बमोजिम र उजुरी परेकोमा उजुरीको अन्तिम निर्णय बमोजिम जिल्ला भूमिसुधार अधिकारीले क्षतिपूर्तिको रकम उपनियम (५) अनुसार सम्बन्धित व्यक्तिलाई दिनेछ ।
तर—
(क) सम्बन्धित जग्गाको मोहियानी हकको तेरो मेरो सम्बन्धी झगडा परी कुनै मुद्दा अगावै देखि अधिकार प्राप्त कुनै अदालत वा
अधिकारी छेउ परी टुंगो लाग्न बा“की रहेकोमा सो टुंगो नलागेसम्म झगडा परे जति मोहियानी हकको क्षतिपूर्ति रोक्का
राखिने छ ।
(ख) यो नियम प्रारम्भ हुनु भन्दा अघि देखिनै नियम १४ बमोजिम कुनै व्यक्तिबाट प्राप्त गरिएको मोहियानी हक अरू कसैको भोग
वा दृष्टिबन्धकीमा लिएको रहेछ भने यो नियम बमोजिम पाउने क्षतिपूर्ति सो भोग वा दृष्टिबन्धकीमा लिने साहुले पाउने छ ।
क्षतिपूर्तिको रकम यस्तो साहुको थैलीभन्दा बढी भएमा सो बढी भएजति रकम असामीले पाउने छ र घटी भएमा सो घटी भएजति थैलीमा असामी उपर साहुले दावा गर्न पाउनेछ ।
(ग) कुनै जग्गाको मोहियानी हक बन्धकी लिई भोग गरिरहेको साहूले ऐनको दफा ८ बमोजिम सो हक भोग गर्न नपाउने भई खण्ड
(ख) बमोजिम असामीले फिर्ता पाउने भएमा सो फिर्ता पाउने भएको मिति देखि त्यस्तो साहुको बन्धकी थैली कपाली हुनेछ ।धधध।
(५) मोहियानी हक बापतको जग्गा अरू व्यक्तिलाई हस्तान्तरण भएपछि क्षतिपूर्तिको रकम ५ वार्षिक किस्तासम्ममा सम्बन्धित व्यक्तिलाई नगदीमा दिइने छ । क्षतिपूर्तिको रकममा वार्षिक ५ प्रतिशतको दरले व्याज दिइनेछ ।