नियम २६
अनिवार्य बचतको दर र सो जम्मा गर्ने म्याद
(१) ऐनको दफा ४० बमोजिम अनिवार्य बचत जम्मा गर्नु पर्ने प्रत्येक जग्गावाला र मोहीले आफ्नो वा आफूले कमाएको जग्गाको मुख्य वार्षिक उब्जनी बालीको देहाय बमोजिमको अनिवार्य बचत नियम २८क. अन्तर्गत गठित नगर वा ग्राम समिति (यस पछि समिति भनिएको) मा जम्मा गर्नु पर्ने गरी तोकिएकोछ ः– (क) प्रत्येक जग्गावालाले आफूले कमाएको जग्गाको बिगाहा १ को १÷२ आधा मन र १ रोपनीको तीन मानाका दरले, (ख) प्रत्येक मोहीले सो हैसियतले कमाएको जग्गाको बिगाहा १ को ६ सेर र रोपनी १ को १ मानाको दरले, (ग) प्रत्येक जग्गावालाले अरूलाई कमाउन दिएको जग्गाको बिगाहा १ को १४ सेर र रोपनी १ को २ मानाको दरले । तर वार्षिक उब्जनीको आधा भन्दा कम कूत लिने चलन भएको क्षेत्रमा भने प्रत्येक मोहीले सो हैसियतले कमाएको जग्गाको बिगाहा १ को १४ सेर र रोपनी १ को २ मानाको दरले, प्रत्येक जग्गावालाले अरूलाई कमाउन दिएको जग्गाको बिगाहा १ को ६ सेर र रोपनी १ को १ मानाको दरले अनिवार्य बचत गर्नु पर्नेछ । (२) खाद्यान्न बाहेक अरू नगदी बाली लागेको जग्गाको हकमा उपनियम (१) मा उल्लेख गरिए बमोजिम नेपाल सरकारले निर्धारण गरेको जिन्सी बराबरको नगदीमा अनिवार्य बचत जम्मा गर्नुपर्छ । (३) प्रत्येक बचतकर्ताले प्रति वर्षको उपनियम (१) र (२) मा लेखिए बमोजिमको बचत देहाय बमोजिमको जग्गाको सम्बन्धमा देहाय बमोजिमको समयभित्र बुझाई सक्नुपर्छ ः– (क) तराई र भित्री मधेशको जग्गाको सम्बन्धमा फागुन मसान्त सम्म । (ख) काठमाडौं उपत्यका र पहाडको जग्गाको सम्बन्धमा माघ मसान्त सम्म । (४) कुनै साल जग्गा कमाउने व्यक्तिको काबुभन्दा बाहिरको परिस्थिति परी जग्गामा बाली लगाउन नसकेमा वा बिल्कुल उब्जनी नभएमा वा उब्जनी भए तापनि बाली नष्ट भएमा सो जग्गा कमाउने व्यक्तिले यथासम्भव चा“डो त्यसको सूचना समितिलाई दिनुपर्छ र समितिले जा“ची बुझी सा“चो ठह¥याएमा सम्बन्धित भूमिसुधार अधिकारीको निकासा लिई सो सालको उपनियम (१) र (२) बमोजिम जम्मा गर्नु पर्ने बचत सम्बन्धित मोही र जग्गा धनीलाई जम्मा गर्नु नपर्ने गरी छुट दिन सक्नेछ । (५) उपनियम (४) बमोजिम बचत बुझाउन छुट पाएका व्यक्ति बाहेक उपनियम (३) बमोजिम म्याद भित्र बचत नबुझाउने व्यक्तिहरूको नामावली बचत बुझाउने म्याद नाघेको १५ दिन भित्र समितिले भूमिसुधार अधिकारी छेउ पेश गर्नुपर्छ ।