दफा ४७
अनिवार्य मौज्दात राख्न नसकेमा
कुनै वाणिज्य बैंक वा वित्तीय संस्थाले बैंकले तोकिदिएको अनिवार्य मौज्दात बमोजिमको रकम जम्मा नगरेमा सो नगरेको अवधिसम्मका लागि बैंकले सम्बन्धित वाणिज्य बैंक तथा वित्तीय संस्थालाई जरिबाना गर्नेछ । यसरी जरिबाना गर्दा जरिबानाको रकम बैंकले तोेकेको अधिकतम बैंक दरको तीन गुणा भन्दा बढी हुने छैन ।