नियम ४१
अनुगमन
(१) समितिले चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थाको प्रशासनिक र प्राविधिक लगायतका विषयमा अनुगमन गर्न वा गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम अनुगमन गर्न समितिले आवश्यकता अनुसार विज्ञ सहितको उपसमिति गठन गर्न सक्नेछ।
(३) अनुगमनमा जाने उपसमिति वा अनुगमनकर्ताले आयोगले निर्धारण गरेका अनुगमन साधनहरूको प्रयोग गर्नु पर्नेछ र अनुगमन समाप्त भएको सात दिनभित्र सोको लिखित प्रतिवेदन समिति समक्ष पेश गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिमको प्रतिवेदनका आधारमा समितिले सम्बन्धित शिक्षण संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ।
(५) उपनियम (४) बमोजिमको निर्देशन पालना गर्नु सम्बन्धित विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थाका पदाधिकारीको कर्तव्य हुनेछ।