दफा १९
अनुमतिपत्र खारेज गर्न सक्ने
(१) ड्डकुनै संस्थाले दफा १८ बमोजिम दिएको निर्देशनको उल्लंघन गरेमा बैङ्कले सुधारको लागि सचेत गराउन वा सो संस्थाको कुनै कार्यमा बन्देज लगाउन सक्नेछ । यस्तो निर्देशनको तीन पटक उल्लंघन गरेमा वा देहायको कुनै काम कारवाही गरेमा बैङ्कले त्यस्तो संस्थाको अनुमतिपत्र निलम्बन वा खारेज गर्न सक्नेछ ।
(क) वित्तीय मध्यस्थताको काम गर्न छाडेमा,
(ख) संस्थाको रकम हिनामिना गरेमा वा जुन उद्देश्यको लागि रकम प्राप्त गरेको हो सो काममा नलगाएमा,
(ग) बैङ्कले समय तोकी कुन काम कारबाहीको सम्बन्धमा सुधार गर्न वा कुनै खास व्यवस्था गर्न निर्देशन दिएकोमा सो अनुरूप काम नगरेमा,
(घ) संस्था दर्ता ऐन, २०३४ र यस ऐनका दफा ७ बमोजिम नवीकरण नगराएमा ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र खारेज गर्ने आदेश दिनु अघि बैङ्कले आवश्यक देखेमा सो सम्बन्धमा आवश्यक जाँचबुझ वा छानवीन गराउन सक्नेछ ।
(३) उपदफा (१)बमोजिम अनुमतिपत्र खारेज गर्नु अघि बैङ्कले सम्बन्धित संस्थालाई स्पष्टीकरण पेश गर्ने मौका दिनेछ ।