Preamble
प्रस्तावना
: देशका बिभिन्न क्षेत्रमा बसोबास गर्ने न्यून आए भएका व्यक्तिहरूलार्ई लघुव्यवसायमा सहभागी बनाई तिनीहरूको आर्थिक स्थितिमा सुधार गर्नको निमित्त संस्थागत रूपमा ड्डलघु वचत सङ्कलन गर्न तथा लघुकर्जा उपलव्ध गराउन वित्तीय मध्यस्थताको काम गर्ने संस्थाहरूको सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौँ वर्षमा संसदले यो ऐन बनाएकोछ ।