दफा
अनुमतिपत्र दिन सक्ने
(१) वैज्ञानिक निकायबाट दफा ५ बमोजिम सिफारिस प्राप्त भएमा र व्यवस्थापन निकाय देहाय बमोजिमको अवस्था
विद्यमान भएको कुरामा विश्वस्त भएमासो निकायले अनुमतिपत्र माग गर्ने व्यक्ति, संस्था वा निकायलाई तोकिए बमोजिमको अनुमतिपत्र दिन
सक्नेछः–
(क) पैठारी बाहेकको अन्य कार्यको लागि अनुमतिपत्र माग भएकोमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना अनुमतिपत्र माग गर्ने व्यक्ति, संस्था वा निकायको स्वामित्व वा नियन्त्रणमा रहेको देखिएमा,
(ख) पैठारी बाहेकको अन्य कार्यको लागि अनुमतिपत्र माग भएकोमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना अनुमतिपत्र माग गर्ने व्यक्ति, संस्था वा निकायले प्रचलित कानून बमोजिम प्राप्त गरेको देखिएमा,
(ग) सम्बन्धित निकायबाट त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको स्वस्थताको प्रमाणपत्र प्राप्त भएको देखिएमा,
(घ) जीवित वन्यजन्तु भए त्यसलाई ढुवानी गर्न सकिने पर्याप्त र उपयुक्त बन्दोबस्त भएको र ढुवानी गर्दा त्यसलाई घाउ, चोट नलाग्ने, त्यसको स्वास्थ्यमा हानि नोक्सानी वा त्यस  उपर निर्मम व्यवहार नहुने कुरामा विश्वास गर्न सकिने आधार भएमा,
(ङ) जुन मुलुकमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो कोनमुना निकासी गर्न लागिएको हो सो मुलुकको अधिकारप्राप्त निकायल त्यस्तो
वन्यजन्तु वा वनस्पति वा सो को नमुना पैठारी गर्न दिएको अनुमतिपत्र वा अनुमतिपत्र दिने मनसायपत्र वा जुन मुलुकबाट त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो कोनमुना नेपालमा पैठारी गर्न लागिएको हो सो मुलुकको अधिकार प्राप्त निकायले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को
नमुना निकासी गर्न दिएको अनुमतिपत्र वा अनुमतिपत्र दिने मनसायपत्र प्राप्त भएको देखिएमा,
(च) जुन प्रयोजनका लागि नेपालमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना पैठारी गर्न लागिएको हो सो प्रयोजनका लागि मात्र प्रयोग हुने र व्यापारिक प्रयोजनका लागि प्रयोग नहुने देखिएमा,
(छ) जुन मुलुकमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो कोनमुना निकासी गर्न लागिएको हो सो मुलुकमा त्यसको प्रयोग व्यापारिक
प्रयोजनका लागि नहुने गरी त्यस्तो मुलुकको अधिकारप्राप्त निकायबाट आश्वासनपत्र प्राप्त भएको देखिएमा ।
(१क) उपदफा (१) को खण्ड (ङ) र (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि लोपोन्मुख वनस्पति र वन्यजन्तु वा सोको नमूनाको निकासी गर्दा निकासी हुने मुलुकले दिएको त्यस्तो अनुमतिपत्र तथा आश्वासनपत्र आवश्यक पर्ने छैन ।
(२) उपदफा (१) बमोजिमको अवस्था रहेको कुरामा विश्वस्त हुनका लागि आवश्यकता अनुसार व्यवस्थापन निकायले कुनै सक्कल कागजात वा प्रतिलिपि माग गर्न सक्नेछ र यसरी माग भए बमोजिमका कागजात सम्बन्धित व्यक्ति, संस्था वा निकायले व्यवस्थापन निकाय समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम अनुमतिपत्र दिँदा व्यवस्थापन निकायले अनुमतिपत्रमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको प्रयोग, व्यवस्थापन, पालनपोषण, संरक्षण, बासस्थान, ढुवानी साधन वा मार्ग आदिका आवश्यक शर्तहरु तोक्न सक्नेछ र त्यस्ता शर्तहरु पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायको कर्तव्य हुनेछ ।
(४) उपदफा (१) बमोजिम व्यवस्थापन निकायबाट जुन प्रयोजनको लागि अनुमतिपत्र दिएकोहो अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले सोही प्रयोजनका लागि मात्र त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो कोनमुनाको प्रयोग गर्नु वा गराउनु पर्नेछ ।
(५) यस दफा बमोजिम प्रदान गरिएकोअनुमतिपत्र जुन व्यक्ति, संस्था वा निकायले प्राप्त गरेको हो सोही व्यक्ति, संस्था वा निकायको
प्नयाेजनका लागि मात्र मान्य हुनेछ र अन्य व्यक्ति, संस्था वा निकायले प्रयोग गर्ने गरी हस्तान्तरण हुन सक्ने छैन ।
(६) उपदफा (३), (४) वा (५) को प्रतिकूल हुने गरी अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायलेकुनै काम गरेमा व्यवस्थापन निकायले तोकिए बमोजिमको कार्यविधि पूरा गरी जुनसुकै बखत अनुमतिपत्र रद्द गर्न सक्नेछ ।
(७) अनुमतिपत्रको अवधि, नवीकरण, दस्तुर र खारेजी सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।