नियम १५
अनुमतिपत्र प्राप्त व्यक्तिले पालन गर्नु पर्ने शर्तहरू
(१) ऐन वा यस नियमावलीमा उल्लिखित

शर्तहरूको अतिरिक्त अनुमतिपत्र प्राप्त व्यक्तिले देहायका शर्तहरू पालन गर्नु पर्नेछः- ७ (क) प्राधिकरणले निर्धारण गरिदिएको गुणस्तर अनुसारको दूरसंचार सम्बन्धी यन्त्र तथा उपकरण प्रयोग गरी ग्राहकलाई दूरसंचार सेवा उपलव्ध गराउनु पर्ने ।

(ख) प्राधिकरणले समय समयमा तोकिदिएको न्यूनतम स्तर अनुरूप दूरसंचार सेवा सञ्चालन गर्नु पर्ने ।

(ग) एक अनुमतिपत्र प्राप्त व्यक्तिले जडान गरेको दूरसंचार सम्बन्धी यन्त्र तथा उपकरण अर्को अनुमतिपत्र प्राप्त व्यक्तिको सहमति बेगर प्रयोग गर्न नहुने ।

(घ) बिजुलीको पोलबाट सकभर दूरसंचार लाइन वितरण नगर्ने र बितरण गर्नु पर्ने भएमा पनि सम्बन्धित निकायको स्वीकृति लिई बिजुलीबाट सुरक्षित हुने किसिमले मात्र बितरण गर्ने ।

(ङ) ”.................

(च) ग्राहकलाई दूरसंचार सेवा बितरण गर्दा ग्राहकसँग गरिएको सम्झौता अनुरूप दूरसंचार सेवा उपलव्ध गराउनु पर्ने ।

(छ) फ्रिक्वेन्सी प्रयोग हुने दूरसंचार सेवाको लागि अनुमतिपत्रमा तोकिएको फ्रिक्वेन्सी मात्र प्रयोग गरी दूरसंचार सेवा सञ्चालन गर्नु पर्ने ।

(ज) ग्राहकलाई उपलव्ध गराएको दूरसंचार सेवा कुनै कारणले बिग्रेमा प्राधिकरणले तोकिदिएको स्तर अनुरूप निशुल्क मर्मत सम्भार गर्नु पर्ने ।

कातर दूरसञ्चार सेवा अन्तर्गतका फिक्स्ड वायर्ड ब्रोडव्याण्ड सेवा प्रदान गरे बापत लाग्ने महसुलमा बढीमा पचास प्रतिशतसम्म मर्मत सम्भार शुल्क लगाउन सक्नेछ ।

(झ) ग्राहकहरूको सुविधा तथा जानकारीको लागि टेलिफोन डाइरेक्टरी लगायत दूरसंचार सम्बन्धी अन्य सामाग्री प्रकाशन गर्नु पर्ने ।

(ज) अन्तर्राष्ट्रिय दूरसंचार संघ (आई.टि.यू.) ले दूरसंचार सेवा सञ्चालन सम्बन्धमा तोकिदिएको न्यूनतम स्तर अनुरूप हुने गरी दूरसंचार सेवा सञ्चालन गर्नु पर्ने ।

० पहिलो संशोधनद्वारा झिकिएको । क नवौं संशोधनद्धारा थप । द्‌ (ट) चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नु अघि

प्राधिकरणको स्वीकृती लिनु पर्ने । (२) उपनियम (१) मा लेखिएदेखि बाहेक अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा सञ्चालन गर्दा पालन गर्नु पर्ने अन्य शर्तहरू अनुमतिपत्रमा तोकिए बमोजिम हुनेछ ।