नियम
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

(क) “ऐन” भन्नाले दूरसंचार ऐन, २०५३ सम्झनु पर्छ ।

(ख) “निरीक्षक” भन्नाले ऐनको दफा १७ को उपदफा (२) बमोजिम निरीक्षण वा जाँचबुझ गर्न प्राधिकरणबाट तोकिएको व्यक्ति वा निकाय सम्झनु पर्छ ।

(ग) “समिति” भन्नाले ऐनको दफा ४९ बमोजिमको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति सम्झनु पर्छ ।

१ (घ) “मन्त्रालय” भन्नाले नेपाल सरकार, सूचना तथा संचार मन्त्रालय सम्झनु पर्छ ।