नियम २०
अनुसन्धान अधिकृतको अधिकार

(१) अनुसन्धान अधिकृतले अनुसन्धान तहकिकातको कार्य सम्पादन गर्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९, सरकारी मुद्दा सम्बन्धी नियमावली, २०५५ तथा अन्य प्रचलित कानून बमोजिम अनुसन्धान अधिकारीलाई प्राप्त भए बमोजिमका सम्पूर्ण अधिकारहरू प्रयोग गर्न सक्नेछ ।
(२) आफ्नो कार्य सम्पादन गर्ने क्रममा ब्यूरोमा खटिएको प्रहरी कर्मचारीले प्रचलित कानून बमोजिम स्थानीय प्रहरीलाई भए सरहको अधिकार प्रयोग गरी आफ्नो कार्य नेपालभर सञ्चालन गर्न सक्नेछ ।