नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अनुसन्धान अधिकृत” भन्नाले नियम ६ मा उल्लिखित अपराधको अनुसन्धान तहकिकातको लागि निर्देशकले तोकेको प्रहरी अधिकृत सम्झनु पर्छ ।
(ख) “निर्देशक” भन्नाले नियम ८ बमोजिम तोकिएको व्यूरोको निर्देशक सम्झनु पर्छ ।
(ग) “ब्यूरो” भन्नाले नियम ३ बमोजिम स्थापना भएको केन्द्रीय अनुसन्धान ब्यूरो सम्झनु पर्छ ।
(घ) “मुद्दा” भन्नाले ब्यूरोद्वारा अनुसन्धान तहकिकात भई मुद्दा हेर्ने अधिकारी समक्ष दायर भएको मुद्दा सम्झनु पर्छ ।
(ङ) “सूत्र” भन्नाले अपराध अनुसन्धान सम्बन्धी सूचना सङ्कलनका लागि ब्यूरोद्वारा नियम १२ बमोजिम परिचालन गरिएको व्यक्ति सम्झनु पर्छ ।