नियम २१
पोशाक
(१) ब्यूरोका प्रहरी कर्मचारीहरूले लगाउने पोशाकको सम्बन्धमा देहायमा उल्लेख भए बमोजिम हुनेछ ः–
(क) पोशाक मर्यादित र सादा हुनु पर्नेछ ।
(ख) कार्यालय समयमा पोशाकमा ब्यूरोको लोगो समेत लगाउनु पर्नेछ ।
(ग) अनुसन्धान तहकिकातको लागि फिल्डमा खटिदा त्यस्तो खटिने प्रहरी कर्मचारीले आफ्नो ईच्छा अनुसारको पोशाक लगाउन सक्नेछ ।
(२) ब्यूरोको प्रहरी कर्मचारीहरूको पोशाकमा लगाउने लोगोको स्वरुप र आकार प्रहरी प्रधान कार्यालयबाट निर्धारण भए बमोजिम हुनेछ ।
(३) ब्यूरोको प्रहरी कर्मचारीहरूको पोशाकको अनुकूलता, प्रतिकूलता र आवश्यकताको विश्लेषण गरी प्रहरी प्रधान कार्यालयले समय समयमा आदेश जारी गरी त्यस्तो पोशाक परिवर्तन गर्न सक्नेछ ।