दफा ३०
अनुसन्धान केन्द्रहरुको स्थापना र सञ्चालन
(१) विश्वविद्यालयले शैक्षिक, प्राज्ञिक तथा अनुसन्धान सम्बन्धी कार्य गर्नको लागि विभिन्न अनुसन्धान केन्द्रहरु स्थापना गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्थापना हुने अनुसन्धान केन्द्रहरुको काम, कर्तव्य र अधिकार तथा सञ्चालन विधि तोकिए बमोजिम हुनेछ ।