दफा २२
कुलपति
(१) प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनेछ ।
(२) कुलपति विश्वविद्यालयको प्रमुख र सभाको अध्यक्ष हुनेछ ।
(३) कुलपतिले विश्वविद्यालय वा विश्वविद्यालयसंग सम्बन्धित जुनसुकै विषय वा वस्तुको निरीक्षण गर्न र आवश्यक निर्देशन दिन सक्नेछ ।
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५०