दफा २६
अनुसन्धान सम्बन्धमा राय, सल्लाह माग गर्न सक्ने
(१) यस परिच्छेद बमोजिम अनुसन्धान गर्दा सम्बन्धित अनुसन्धान अधिकारीले कुनै विषयमा सरकारी वकिलको राय, सल्लाह माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम राय, सल्लाह माग भएकोमा सम्बन्धित सरकारी वकिलले आफ्नाे राय वा सल्लाह दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम राय, सल्लाह दिँदा अनुसन्धानको समयमा कुनै विषयमा थप अनुसन्धान गर्न वा थप प्रमाण सङ्कलन गर्न वा कुनै दसी प्रमाण बरामद गर्न वा कसैसँग केही कुरा बुभ्mनु आवश्यक छ भन्ने लागेमा सरकारी वकिलले त्यस्तो बमोजिम गर्न वा गर।उन सम्बन्धित अनुसन्धान अधिकारीलाई निर्देशन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम दिएको निर्देशन पालना गर्नु सम्बन्धित अनुसन्धान अधिकारीको कर्तब्य हुनेछ ।