नियम ५०
अन्तरिम आदेश रद्द, संशोधन वा हेरफेर गर्न सक्ने
(१) एक पक्षीय सुनवाई गरी अन्तरिम आदेश जारी भएको वा आफ्नो कुरा प्रस्तुत गर्न मौका नपाएको कारण खुलाई कुनै प्रत्यर्थीले अदालतबाट जारी भएको अन्तरिम आदेश रद्द गर्न माग गरी निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अन्तरिम आदेश रद्द गर्न निवेदन परेमा अदालतले अर्को पक्षलाई झिकाई त्यसउपर सुनुवाइ गर्न सक्नेछ ।
(३)  उपनियम (३) बमोजिम सुनुवाइ गर्दा अदालतले उपयुक्त र आवश्यक देखेमा अघि जारी गरेको अन्तरिम आदेश रद्द गर्न वा त्यसका सर्त संशोधन वा हेरफेर गर्न सक्नेछ ।