दफा ६८
अन्तर्राष्ट्रिय क्लियरिङ्ग र भुक्तानी सम्झौता
बैंकले आफनो खाता वा नेपाल सरकारको निर्देशन बमोजिम सरकारी खाताको लागि विदेश स्थित सार्वजनिक वा निजी केन्द्रीय क्लियरिड्ड संस्थासंग क्लियरिड्ग तथा भुक्तानी सम्झौता गर्न सक्नेछ । बैंकले यस्तो सम्झौताको उद्देश्य कार्यान्वयन गर्नको लागि आवश्यक अन्य सम्झौता समेत गर्न सक्नेछ ।