दफा ८४
अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्न सक्ने
(१) ऐन बमोजिम आफूले काम कारबाही गर्नु: पर्ने दायित्व भएको कुनै निकायले कुनै बिषयमा राष्ट्रिय हितमा प्रतिकूल असर नपर्ने गरी आवश्यकता अनुसार आपसी समझदारी र जोखिमको आधारमा प्राथमिकीकरण गरी वा यथाशक्य छिटो सहयोग प्राप्त गर्ने गरी सम्भव भएसम्म सुरक्षित विद्युतीय माध्यमबाट विदेशी समकक्षी वा सम्बन्धित निकायसँग अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्न सक्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पारस्परिक कानूनी सहायता सम्बन्धी सहयोगको आदानप्रदान तत्‌ सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।

(३) ऐन बमोजिम आफूले काम कारबाही गर्नु पर्ने दायित्व भएको नेपाल सरकारको निकायले कुनै सूचना वा जानकारी विदेशी मुलुक वा समकक्षी निकायलाई ऐन बमोजिमको कसूरको निवारण वा नियन्त्रण गर्न सहयोग पुग्छ भन्ने लागेमा विदेशी समकक्षी निकायको अनुरोध बिना पनि त्यस्तो सूचना वा जानकारी दिन सक्नेछ।

(४) सहयोग आदानप्रदानका विषय, कागजात, विवरण र जानकारी अनुरोध गर्ने मुलुकको अनुरोध वा: प्रचलित कानून बमोजिम सुरक्षित रूपमा गोपनीयता कायम हुने गरी गर्नु पर्नेछ।

(५) सम्बन्धित निकायले सूचना आदानप्रदानको प्रयोग तथा उपयोगिता सम्बन्धमा समयमै पृष्ठपोषण दिने तथा उपलब्ध हुने व्यवस्था मिलाउनु पर्नेछ।

(६) प्रचलित कानूनको अधीनमा रही कुनै पनि विदेशी मुलुकसँग सूचना आदानप्रदान गर्दा देहायका विषयले त्यस्तो सूचना आदानप्रदानलाई बाधा पुच्याएको मानिने छैन:-

(क) माग गरिएको विवरण बैङ्किङ्ग, वित्तीय, कर वा व्यापारिक कारोबारसँग सम्बन्धित भएमा,

(ख) वित्तीय संस्था तथा गैरवित्तीय पेशाकर्मी वा व्यवसायीलाई कानूनी गोपनीयता कायम राख्न भनिएकोमा,

(ग) अनुरोध गरिएको अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजन विचाराधीन रहेको भए तापनि त्यस्तो अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने किसिमको नभएमा,

(घ) अनुरोध गर्ने समकक्षी मुलुकको प्रशासनिक तथा कानून कार्यान्वयन गर्ने: पद्धति आफ्नोभन्दा फरक भएकोमा ।

(७) ऐन वा यस नियमावली बमोजिम - सूचना आदानप्रदान गर्दा सूचना जुन निकाय र प्रयोजनको लागि माग गरिएको वा माग भई आएको हो सोही निकाय र प्रयोजनको लागि मात्र उपयोय गर्नु पर्नेछ।

तर सम्बन्धित अधिकारप्राप्त अधिकारीको पूर्वस्वीकृति लिई आदानप्रदान भएको सूचना अन्य सम्बन्धित निकायले समेत प्रयोग गर्न सक्नेछ।

(८) कुनै विदेशी निकायले ऐन बमोजिमको विषयमा माग गरेको विवरण, जानकारी वा सूचना त्यस्तो निकायको प्रत्यक्ष क्षेत्राधिकारभित्र नरहेकोमा प्रत्यक्ष क्षेत्राधिकार भएको निकायसँग माग गर्नको लागि अनुरोध गर्न वा त्यस्तो निकायसँग समन्वय गरी माग भए:बमोजिमको विवरण, जानकारी वा सूचना उपलब्ध गराउन सक्नेछ।