नियम १५६
अभिलेख राख्ने
: (१) कुनै सशस्त्र प्रहरी कर्मचारी भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएमा बर्खास्तको आदेश दिने अधिकारीले त्यसरी बर्खास्त भएको व्यक्तिको तीन पुस्ते हुलिया समेतको सूचना आयोग, सशस्त्र प्रहरी किताबखाना र प्रधान कार्यालयलाई दिनु पर्नेछ । यस्तो सूचना प्रधान कार्यालयले मातहतका सशस्त्र प्रहरी कार्यालयलाई समेत दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त सूचनाको आधारमा सशस्त्र प्रहरी किताबखानाले बर्खास्त भएको अभिलेख तयार गरी राख्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम तयार गरिएको अभिलेखमा नाम जनिएको कुनै व्यक्ति सशस्त्र प्रहरी सेवा वा पदमा पुन नियुक्ति भएमा निजले पुन नियुक्ति भई पाएको तलब भत्ता फिर्ता गराई निजलाई तुरुन्त बर्खास्त गर्नु पर्नेछ ।