दफा १३
अयोग्यता
(१) देहायको व्यक्ति नेपाली सेनामा नियुक्त हुन अयोग्य मानिनेछ ः-
(क) गैर नेपाली नागरिक,
(ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरिएको,
(ग) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त भएको,
(घ) मानव अधिकार हननमा कसुरदार ठहरिएको,
(ङ) दफा १२ को उपदफा (४) बमोजिम तोकिएको योग्यता नभएको।
(२) उपदफा (१) को खण्ड (क) मा लेखिएको कुराले अल्पकालको लागि गैर नेपाली नागरिकबाट प्राविधिक तथा विशेषज्ञ सेवा प्राप्त गर्न नेपाल सरकारलाई बाधा पुयाएको मानिने छैन ।