नियम ४१ङ
अव्यवस्थित बसोबासीको वर्गीकरण गर्नेः
नियम ४१घ. बमोजिम स्थानीय तहबाट प्राप्त अव्यवस्थित बसोबासीको विवरण तथा तथ्याङ्क र अनुसूची-२२ मा उल्लिखित आधार, मापदण्ड र अङ्कभार बमोजिम आयोगले अव्यवस्थित बसोबासीको वर्गीकरण गर्नेछ ।
(२) उपनियम (१) बमोजिम गरिएको अव्यवस्थित बसोबासीको वर्गीकरण सम्बन्धी बिवरण आयोगले सम्बन्धित सबैको जानकारीको लागि सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम सार्वजनिक भएको विवरणमा कुनै त्रुटि देखिएमा त्यस्तो त्रुटि सच्याउनको लागि कुनै अव्यवस्थित बसोबासीले त्यस्तो विवरण प्रकाशन भएको मितिले पन्ध्र दिन भित्र सम्बन्धित स्थानीय तह मार्फत आयोग समक्ष निवेदन दिन सक्नेछ।
(४) उपनियम (३) बमोजिम निवेदन पर्न आएमा आयोगले सम्बन्धित स्थानीय तहको सिफारिस समेतका आधारमा जाँचबुझ गरी त्यस्तो निवेदन एक्काईस दिन भित्र फछ्याँट गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम जाँचबुझ गर्दा अव्यवस्थित बसोबासीको वर्गीकरणमा कुनै त्रुटि देखिएमा आयोगले त्यस्तो वर्गीकरणमा. रहेको त्रुटि सच्याउन सक्नेछ ।