दफा ५२ग
अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नेः
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए
तापनि यो दफा प्रारम्भ हुँदाका बखत ऐलानी वा
अन्य सरकारी जग्गा वा अभिलेखमा बन क्षेत्र
जनिएको भए तापनि आवबादीमा परिणत भएको
जग्गामा कम्तीमा दश वर्ष अघिदेखि आबाद: कमोत
गरिआएका अव्यवस्थित बसोबासीलाई एकपटकका
लागि नेपाल सरकारले निजहरुले आबाद कमोत गर्दै
आएको स्थानमा तोकिएको क्षेत्रफलको हदमा
नबढ्ने गरी जग्गा उपलब्ध गराउन सक्नेछ |
(२) उपदफा (१) :मा जुनसुकै कुरा लेखिएको भए तापनि अव्यवस्थित बसोबासीहरु दफा ५२ख. को उपदफा (४) मा उल्लिखित जग्गामा बसोबास गरिआएका रहेछन् भने निजहरुलाई त्यस्तो जग्गा उपलब्ध गराइने छैन।
(३) उपदफा (१) बमोजिम अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदा निजको आर्थिक अवस्था, बसोबासको स्थिति, जग्गाको प्रकृति, क्षेत्रफल, मूल्याङ्कन, आबाद कमोतको अवधि र अन्यत्र जग्गा भए, नभएको लगायतका आधारमा तोकिए बमोजिम वर्गीकरण गरी वर्गीकरण अनुसार तोकिए बमोजिमको दस्तुर लिई जग्गाको स्वामित्व उपलब्ध गराउन सक्नेछ ।
(४) अव्यवस्थित बसोबासीले तोकिएको क्षेत्रफलभन्दा बढी जग्गामा आबाद कमोत गरिआएको अवस्था रहेछ भने त्यसरी तोकिएको क्षेत्रफलभन्दा बढीको जग्गा नेपाल सरकारले अन्य प्रयोजनको लागि उपयोग गर्न सक्नेछ ।
(५) यस दफा बमोजिम अव्यवस्थित बसोबासीको लागि जग्गा उपलब्ध गराउँदा जग्गा सट्टाभर्नाको क्रममा बसोबास गरेका अव्यवस्थित बसोबासीलाई निजले भोगचलन गरिआएको सरकारी जग्गामध्येबाट सट्टाभर्नाको समयमा: सम्बन्धित निकायबाट उपलब्ध गराएको कागज: प्रमाणमा उल्लिखित क्षेत्रफलमा नबढ्ने गरी जग्गा उपलब्ध गराउन सकिनेछ ।
(६) यस दफा बमोजिम उपलब्ध गराइएको जग्गा अंशवण्डा र अपुतालीको : अवस्थामा बाहेक अन्य कुनै पनि प्रक्रियाबाट दश वर्षसम्म कुनै पनि व्यक्तिलाई हक हस्तान्तरण गर्न पाइने छैन।
(७) यस दफा बमोजिम कुनै अव्यवस्थित बसोबासी वा निजको परिवारलाई नेपाल सरकारले कुनै प्रकारले: सरकारी जग्गा. वा आवास उपलब्ध गराएको रहेछ भने त्यस्तो व्यक्ति वा परिवारलाई यस दफा बमोजिम जग्गा उपलब्ध गराइने छैन ।
(८) यस दफा बमोजिम जग्गा उपलब्ध गराउने प्रयोजनका लागि अव्यवस्थित बसोबासीको पहिचान गरी लगत लिने, स्थलगत अध्ययन गरी प्रमाण सङ्कलन गरी जग्गा उपलब्ध गराउने समेतको कार्य दफा ५२ख. को उपदफा (६) बमोजिमको आयोगले गर्नेछ।
(९) यस दफा बमोजिम जग्गा उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि,-
(क) “अव्यवस्थित बसोबासी” भन्नाले सरकारी ऐलानी, पर्ती वा सरकारी अभिलेखमा वन जनिएको भए तापनि लामो समयदेखि आवाद कमोत गरी घर, टहरा बनाई बसोबास गरेका उपदफा (३) को आधारमा वर्गीकरण गरिएका व्यक्तिलाई सम्झनु पर्छ:र सो शब्दले निजप्रति आश्रित परिवारका सदस्य समेतलाई जनाउनेछ।
(ख) “ऐलानी जग्गा” भन्नाले सरकारका नाममा दर्ता भए वा नभएको, सरकारी अभिलेखमा वन जनिएको भए तापनि लामो समयदेखि आबाद कमोत गरिआएको बा तत्कालिन समयमा आबाद कमोत गर्न दिएको जग्गालाई सम्झनु पर्छु।