दफा ५५
पुनरावेदन
(१) यो दफा प्रारम्भ भएपछि यो ऐनमा अन्यथा लेखिएकोमा बाहेक यो ऐन अन्तर्गत जिल्ला अदालत वा तोकिएको अधिकारी, समिति वा संस्थाले गरेको निर्णय उपर पैंतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।
(२) उपदफा (१) बमोजिम पुनरावेदन लाग्ने व्यवस्था हुनु भन्दा पहिले तत्काल प्रचलित कानुनबमोजिम कुनै अदालत वा अधिकारी समक्ष पुनरावेदन परी कारवाई चलिरहेको भए त्यसमा सो उपदफामा लेखिएको कुनै कुराले असर पार्ने छैन ।