दफा ५९
असल नियतले गरेकोमा बचाउ
: (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमा अध्यक्ष, सदस्य, प्रमुख कार्यकारी अधिकृत वा कोषका कुनै कर्मचारी व्यक्तिगत वा सामुहिक रुपले जवाफदेही हुने छैन ।
तर जानाजान वा गलत मनसायबाट गरिएको कुनै कामको सन्दर्भमा भने निज व्यक्तिगत रुपमा जिम्मेवार हुनेछन् ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमको पालना गर्नको निमित्त असल नियतले गरेको वा गर्न खोजेको कुनै कुराले हुन आएको वा हुने हानि नोक्सानीको सम्बन्धमा अध्यक्ष, सदस्य, प्रमुख कार्यकारी अधिकृत वा कोषका कुनै कर्मचारी विरुद्ध कुनै किसिमको मुद्दा परेमा त्यस्तो मुद्दाको खर्च कोषले व्यहोर्नेछ ।
तर जानाजान वा गलत मनसायबाट गरिएको कुनै कामको सन्दर्भमा परेको मुद्दाको खर्च कोषले व्यहोर्ने छैन ।