दफा २
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “कर्जा सुरक्षण” भन्नाले कुनै पनि बैङ्क वा वित्तीय संस्था वा वित्तीय मध्यस्थताको कार्य गर्ने संस्थाले प्रदान गरेको कर्जा सुरक्षण सम्बन्धी कार्य सम्झनु पर्छ र सो शब्दले पशुधन सुरक्षण समेतलाई जनाउँछ ।
(ग) “कोष” भन्नाले दफा ३ बमोजिम स्थापना भएको निक्षेप तथा कर्जा सुरक्षण कोष सम्झनु पर्छ ।
(घ) “ग्राह्य निक्षेप” भन्नाले यस ऐनले तोकेका प्राकृतिक व्यक्तिको सबै प्रकारका निक्षेपलाई सम्झनु पर्छ ।
(ङ) “तेश्रो पक्ष निक्षेप खाता” भन्नाले बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाता भएको व्यक्ति वाहेक लाभग्राही तेश्रो पक्षले आफै वा उसको कानूनी प्रतिनिधिको दस्तखतमा सञ्चालन गरेको खाता सम्झनु पर्छ ।
(च) “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(छ) “निक्षेप” भन्नाले बैङ्क वा वित्तीय संस्थाको चल्ती, बचत वा मुद्दती खातामा जम्मा भएको रकमलाई सम्झनु पर्छ र सो शब्दले नेपाल राष्ट्र बैङ्कले समय समयमा तोकेका विभिन्न वित्तीय उपकरण मार्फत बैङ्क वा वित्तीय संस्थाले स्वीकार गर्ने अन्य रकम समेतलाई जनाउँछ ।
(ज) “निक्षेप खाता” भन्नाले नेपाल राष्ट्र बैङ्कबाट इजाजतप्राप्त बैङ्क वा वित्तीय संस्थामा रहेको चल्ती, बचत वा मुद्दती खाता सम्झनु पर्छ ।
(झ) “निक्षेप रकम” भन्नाले प्राकृतिक व्यक्तिको निक्षेप खातामा जुनसुकै मुद्रामा जम्मा गरिएको रकम सम्झनु पर्छ ।
(ञ) “बैङ्क वा वित्तीय संस्था” भन्नाले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचिलत कानून बमोजिम इजाजत प्राप्त वाणिज्य बैङ्क वा वित्तीय संस्था सम्झनु पर्छ ।
(ट) “मन्त्रालय” भन्नाले नेपाल सरकार, अर्थ मन्त्रालय सम्झनु पर्छ ।
(ठ) “मूल्याङ्कन मिति” भन्नाले यस ऐनमा तोकिए बमोजिम सुरक्षण गरिएको रकमको वार्षिक सुरक्षण शुल्क बापतको रकम र शोधभर्ना गरिनु पर्ने रकमको गणना गर्ने मिति सम्झनु पर्छ ।
(ड) “शोधभर्ना” भन्नाले यस ऐनको अधीनमा रही कोषले तोके बमोजिमको सुरक्षण गरिएको निक्षेपको भुक्तानी सम्झनु पर्छ ।
(ढ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउँछ ।
(ण) “सदस्य संस्था” भन्नाले कोषले तोकेको कर्जा सुरक्षण गर्ने सदस्यता प्राप्त गरेका बैङ्क वा वित्तीय संस्था वा वित्तीय मध्यस्थताको कार्य गर्ने संस्था सम्झनु पर्छ।
(त) “समिति” भन्नाले दफा ८ बमोजिम गठित कोषको सञ्चालक समिति सम्झनु पर्छ ।
(थ) “सुरक्षण शुल्क” भन्नाले निक्षेप वा कर्जा सुरक्षण गर्न कोषलाई बुझाउनु पर्ने शुल्क सम्झनु पर्छ र सो शब्दले निक्षेपमा बुझाउने विशेष योगदान समेतलाई जनाउँछ।
(द) “सुरक्षित निक्षेप” भन्नाले दफा १९ बमोजिम कोषले यो ऐन अन्तर्गत सुरक्षण गरेको प्राकृतिक व्यक्तिको निक्षेप सम्झनु पर्छ ।
(ध) “सुरक्षित सदस्य संस्था” भन्नाले यस ऐन बमोजिम कोषले सुरक्षण प्रदान गरेको निक्षेप संकलन गर्ने बैङ्क वा वित्तीय संस्था सम्झनु पर्छ।
(न) “सुरक्षित निक्षेपकर्ता” भन्नाले एक्लै वा संयुक्त खाता सञ्चालन गर्ने वा निक्षेप खाताको तेस्रो पक्षको हैसियतमा भुक्तानी प्राप्त गर्ने प्राकृतिक व्यक्ति सम्झनु पर्छ ।
(प) “संयुक्त निक्षेप खाता” भन्नाले बैङ्क वा वित्तीय संस्थामा दुई वा दुई भन्दा बढी व्यक्तिहरूको संयुक्त दस्तखतबाट सञ्चालन हुने खाता सम्झनु पर्छ ।
(फ) “वित्तीय लिक्वीडेशन” भन्नाले नेपाल राष्ट्र बैङ्कबाट गरिने बैङ्क वा वित्तीय संस्थाको फरफारक सम्बन्धी कार्यलाई सम्झनु पर्छ ।