दफा ७६
अस्वीकार गरी अनादर गरेमा भुक्तानी नदिएको भनी प्रमाणित गराई लिन सक्ने
ड्रयीको बसोबास गर्ने भनी उल्लेख गरिएको स्थान बाहेक अन्य कुनै स्थानमा भुक्तानी हुने गरी खिचिएको सबै विनिमेयपत्रहरू ड्रयीले अस्वीकार गरी अनादर गरेको भएमा ड्रयी समक्ष पुन प्रस्तुत नगरिकनै भुक्तानी दिएन भनी भुक्तानी दिनुपर्ने स्थानमा प्रमाणित गराइ लिन सकिनेछ ।