दफा ५३
भुक्तानी
दफा ५६ को अधीनमा रही विनिमेय अधिकारपत्रको भुक्तानी धारकलार्ई दिनुपर्नेछ । तर कुनै बैङ्क उपर खिचिएको चेक वा ड्राफ्ट खिचिएको मितिले ६ महिनाभित्र भुक्तानीको लागि बैंङ्क समक्ष प्रस्तुत नगरिएमा त्यसको भुक्तानी दिन बैङ्क बाध्य हुने छैन ।