नियम ८०
आदेश तथा निर्देशन दिन सक्ने

(१) गैर सैनिक हवाई उडान ऐन, प्राधिकरण ऐन तथा अन्य प्रचलित ऐन तथा यस नियमावलीको अधीनमा रही प्राधिकरणले एनेक्स तथा म्यानुअलको पालन गर्न गराउनको लागि सम्बन्धित निकाय, संस्था तथा व्यक्तिहरुलाई आवश्यक आदेश तथा निर्देशन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम आदेश तथा निर्देशन दिंदा खास गरी देहायको विर्षयमा दिन सकिनेछस
(क) वायुयानको दर्ता र चिन्ह सम्बन्धमा,
(ख) वायुयानको निरीक्षण र प्रमाणपत्र दिने सम्बन्धमा,
(ग) विमानस्थल तथा वायुयानमा जडान गरिने उपकरण तथा अन्य भौतिक चीज वस्तुको सम्बन्धमा,
(घ) क्रु, वायुयान मर्मत तथा संभार र एअर ट्राफिक कन्ट्रोलर सम्बधी व्यक्तिगत ईजाजतपत्र बाहकलाई निजहरुबाट सम्पादन गरिने
कामको सम्बन्धमा,
(ङ) भिजुयल र ईन्स्ट्रुमेण्ट उडान सञ्चालन सम्बन्धमा,
(च) एयर ट्राफिक कन्ट्रोल, उडान सूचना र सचेत सेवाको स्थापना र सञ्चालन सम्बन्धमा,
(छ) निर्धारित सुरक्षा व्यवस्था अपनाउनु पर्ने सम्बन्धमा,
(ज) वायुयान घटना तथा दुर्घटना सम्बन्धमा जानकारी दिने, प्राविधिक जाँचबुझ गर्ने र सो सम्बन्धी सूचना प्रवाह गर्ने सम्बन्धमा,
(झ) हवाई उडान सञ्चालनमा मौसम सम्बन्धी सूचना प्रवाह गर्ने सम्बन्धमा,
(ञ) एयर ट्राफिक कन्ट्रोलर र एयर नेभिगेसन सिष्टम सम्बन्धी सूचना दिने सम्बन्धमा,
(ट) एयर नेभिगेशनमा स्तरीय संचार उपकरण जडान गर्ने र त्यस्ता उपकरण सञ्चालन गर्ने प्रकृया निर्धारण गर्ने सम्बन्धमा,
(ठ) वायुयान उडान र सञ्चालनको लागि तत्सम्बन्धी सूचनाहरुको संकलन र प्रवाह गर्ने सम्बन्धमा,
(ड) हवाई सुरक्षा अभिवृद्धि सम्बन्धमा,
(ढ) दिगो तथा स्वच्छ वातावरण राख्ने सम्बन्धमा,
(ण) डम्पीङ साइट निर्माण गर्ने सम्बन्धमा,
(त) उडान सुरक्षा अभिवृद्धि गर्ने सम्बन्धमा,
(थ) विमानस्थल सुविधा अभिवृद्धि गर्ने सम्बन्धमा,
(द) वायुयानको घटना तथा दुर्घटनाको जाँचबुझका लागि वायुयान तथा पार्टपूर्जाहरुलाई सुरक्षित राख्ने सम्बन्धमा,
(ध) उडान सुरक्षा सम्बन्धी जाँच सेफ्टी अडिटको सिफारिस कार्यान्वयन गर्ने सम्बन्धमा,
(न) वायुयानको घटना तथा दुर्घटना जाँच प्रतिवेदनका सिफारिसहरु कार्यान्वयन गर्ने सम्बन्धमा ।
(प) यस नियमावलीमा उल्लेख भएका अन्य विर्षयहरुका सम्बन्धमा ।