नियम ३
आबद्धता
: (१) कार्यक्रममा सहभागिताको लागि पाँच जनासम्म सदस्य रहेको परिवारलाई एक एकाइ मानिनेछ।
(२) कुनै: परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा बढी भएजति सदस्यको हकमा प्रति व्यक्ति अनुसूची-१ बमोजिमको योगदान रकम भुक्तानी गर्ने गरी कार्यक्रममा आबद्ध हुन सकिनेछ।
(३) प्रचलित कानून बमोजिम राष्ट्रसेवक मानिने व्यक्तिको परिवारको पाँच जना सदस्य बराबर एक एकाइ हुने गरी निज कार्यरत कार्यालयले कार्यक्रममा आबद्ध गर्नु पर्नेछ। (४) प्रतिष्ठानको हकमा प्रति श्रमिक: तथा कर्मचारीको परिवारको पाँच जना सदस्य बराबर एक एकाइ हुने गरी प्रतिष्ठानले कार्यक्रममा आबद्ध गर्नु पर्नेछ।
(५) वृद्धाश्रम, अनाथालय, सुधार गृह, संरक्षण गृह लगायतका संस्थाहरूमा आश्रित सबै व्यक्तिहरूलाई परिवार सरह एकाइ मानी सोही आधारमा कार्यक्रममा आबद्व गर्नु पर्नेछ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा उल्लेख भएको भए तापनि सत्तरी बर्ष उमेर पुगेका प्रत्येक जेष्ठ नागरिकलाई एक एकाइ मानी कार्यक्रममा आबद्ध गर्नु पर्नेछ।