नियम
आयोगको काम, कर्तव्य र अधिकार
: ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त आयोगको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) आयोगको योजना, वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने, (ख) शिक्षण संस्था गाभ्ने सम्बन्धमा आवश्यक मापदण्ड स्वीकृत गर्ने, (ग) चिकित्सा शिक्षाका विभिन्न तह र विषयको मूल पाठ्यक्रम, शिक्षण विधि र उपाधि सम्बन्धी मापदण्ड स्वीकृत गर्ने।