दफा ७
आयोगको नियमित बैठकः
७. आयोगको नियमित बैठकः
(१) आयोगको नियमित कार्यसञ्चालनको रेखदेख, नियन्त्रण, सुपरिवेक्षण एवं मूल्यांकनको लागि आयोगको नियमित बैठक हप्ताको कम्तीमा एकपटक बस्नेछ ।
(२) आयोगको नियमित बैठक उपाध्यक्षको निर्देशनमा आयोगको सदस्य–सचिवले बोलाउनेछ ।
(३) आयोगको नियमित बैठकको अध्यक्षता उपाध्यक्षले गर्नेछ र उपाध्यक्षको अनुपस्थितिमा आयोगका वरिष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) आयोगको नियमित वैठकमा यस आदेशको दफा ३ को उपदफा (२) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यको उपस्थिति अनिवार्य हुने छैन ।
(५) आयोगको नियमित वैठक सम्बन्धी अन्य कार्यविधि तोकिएबमोजिम हुनेछ ।