नियम ८५
आर्थिक तथा वित्तीय क्षमता खुल्ने कागजात माग गर्न सक्ने
(१) बोलपत्र सम्बन्धी
कागजातमा बोलपत्रदाताको आर्थिक र वित्तीय क्षमता प्रमाणित गर्ने कागजात माग
गर्दा स्थानीय निकायले निर्माण कार्यको प्रकृति अनुसार देहायका मध्ये कुनै वा सबै
कागजात माग गर्न सक्नेछ ः–
(क) निजको बैड्ढ स्टेटमेण्ट,
(ख) निजको व्यवसाय सम्बन्धी कारोवारको आर्थिक विवरण,
(ग) निजको सम्पत्ति, दायित्व तथा नाफा नोक्सानको विवरण खुल्ने
वासलात,
(घ) निजको आर्थिक र वित्तीय हैसियत खुल्ने अन्य कुरा,
(ङ) बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित अन्य विवरण ।
(२) उपनियम (१) को खण्ड (ग) बमोजिमको वासलात माग गर्दा कामको
प्रकृति अनुसार विगत दुईदेखि पा“च आर्थिक वर्षको वासलात माग गर्न सकिनेछ ।