नियम २१५
बरबुझारथ
(१) नगद, मालसामान, धरौटी र अन्य रकमको लगत स्रेस्ता आदिको जिम्मा लिने स्थानीय निकायका पदाधिकारी कुनै कारणले पदमुक्त हु“दा वा त्यस्तो निकायको कर्मचारी सरुवा, बढुवा, अवकाश प्राप्त गरी वा अन्य कुनै कारणले अड्डा छोडी जा“दा वा सो कामबाट अलग हु“दा निजको बरबुझारथ गर्ने कर्तव्य हुनेछ । बुझी लिनेले पनि तुरुन्त बुझी लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बरबुझारथ गर्ने कर्तव्य भएका पदाधिकारी वा कर्मचारीले सो पदमा हालवाला वहाल भएको एक्काइस दिनभित्र बरबुझारथ गरी सक्नु पर्नेछ । एक्काइस दिनसम्ममा पनि बर बुझारथ नगरेमा कर्मचारीको हकमा विभागीय कारबाही गर्ने र पदाधिकारीको हकमा स्थानीय निकाय समक्ष पेश गरी भएको निर्णयानुसार गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम बरबुझारथ हु“दा नगद वा माल सामान, धरौटी र अन्य रकमको हानी नोक्सानी वा हिनामिना भएको देखिएमा त्यस्तो हानी नोक्सानी वा हिनामिना भएको नगद र मालसामान जिम्मा लिने पदाधिकारी वा कर्मचारीबाट नगदी वा मालसामानको मूल्य र हानी नोक्सानी भएको मितिदेखि हालसम्मको दश प्रतिशतका दरले लाग्ने व्याज समेत तलव वा निजले पाउने अन्य जुनसकै रकम रोक्का गरी असूल उपर गर्नु पर्नेछ । सोबाट पनि नपुग भएमा सरकारी बा“की सरह असूल उपर हुनेछ ।
(४) उपनियम (३) बमोजिम मूल्य असूल उपर गर्नु पर्दा सो मालसामानको अवस्था तथा वर्तमान बजार मूल्यलाई समेत विचार गरी मूल्य कायम गरिनेछ । यसरी मूल्य कायम गर्ने काम अधिकार प्राप्त अधिकारी, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयका अधिकृत स्तरको प्रतिनिधि समेत रहेको समितिले गर्नेछ । तर गाउ“ विकास समितिको हकमा नजिकको सरकारी कार्यालयको प्रतिनिधि
तोक्न सकिनेछ ।
(५) यस नियमावली बमोजिम बरबुझारथ गर्दा कुनै कर्मचारीलाई काज खटाई दिनु पर्ने भएमा अधिकार प्राप्त अधिकारीले यथाशिघ्र काज खटाई दिनु पर्नेछ ।
(६) यस नियम बमोजिम बरबुझारथ गर्ने कर्तव्य भएका पदाधिकारी वा कर्मचारी पदबाट अलग भैसकेको वा पत्ता नलागेको वा मरेको वा स्वास्थ्यका कारणबाट होस् ठेगान नभएको वा बहुलाएको रहेछ र त्यस्तो पदाधिकारी वा कर्मचारीले गर्नु पर्ने बरबुझारथ निजको परिवारका सदस्यले गर्न चाहेमा निज वा निजले मञ्जुर गरी पठाएको व्यक्तिबाट सम्बन्धित स्थानीय निकायले खटाएको व्यक्तिको रोहबरमा जसले बुझी लिनु पर्ने हो बुझी लिनु पर्नेछ ।