दफा
आवश्यक वस्तु संरक्षण ऐन, २०१२ मा संशोधन

आवश्यक वस्तु संरक्षण ऐन, २०१२ को,–
(१) दफा ३ को प्रतिबन्धात्मक वाक्यांशमा रहेका “अञ्चलाधीश कार्यालय” भन्ने शब्दहरुको सट्टा “जिल्ला प्रशासन कार्यालय” भन्ने शब्दहरु राखिएका छन् ।
(२) दफा ६ मा रहेका “शाही सेनाका” भन्ने शब्दहरुको सट्टा “नेपाली सेनाका” भन्ने शब्दहरु र “रिजर्भ, ग्यारिजन वा श्री ५ बाट खास कामको निमित्त खडा गरिबक्सेको
यस्तै अरु स·ठित दललाई” भन्ने शब्दहरुको सट्टा “रिजर्भ र ग्यारिजनलाई” भन्ने शब्दहरु राखिएका छन् ।