दफा ४
आवास सुविधा
(१) मन्त्रीहरूलाई आवासको निमित्त नेपाल सरकारबाट सरकारी घरको बन्दोबस्त हुनेछ । त्यस्तो घरको बन्दोबस्त नभएकोमा वा काठमाडौं उपत्यकामा आफ्नोे उपयुक्त घर नभएका मन्त्रीहरूलाई घरभाडा बापत प्रतिमास तिर्नु पर्ने रकम नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम बन्दोबस्त भएको सरकारी घर कम्पाउण्डको मर्मत र सरसफाइ खर्च बापत प्रत्येक वर्ष मन्त्रीहरूलाई निजहरूको मासिक पारिश्रमिकको आधा रकम दिइनेछ । यो सुविधा भाडाको घरमा बसे पनि दिइनेछ ।
(३) काठमाडौं उपत्यकामा स्थायी बासस्थान भई उपयुक्त घर भएका मन्त्रीलाई निजको घर कम्पाउण्डको मर्मत र सरसफाइ खर्च बापत प्रत्येक महीना एकहजार पाँचसय रूपैयाँ दिइनेछ ।
(४) यस दफा बमोजिमको सुविधा मन्त्रीहरूले आफ्नोे कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म पाउनेछन् ।